News Griha :: न्यूजगृह
सुनिल शर्मालाई के कारणले पक्राउ गरिएको हो त्यसको जानकारी पाएपछि पार्टीको धारणा बन्छ : प्रमुख सचेतक लेखक

काठमाडौं— नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद सुनिल शर्मालाई पक्राउ गरिएको कारण थाहा पाएपछि औपचारिक धारणा बनाउने बताएका छन् ।

बिहीबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि प्रमुख सचेतक लेखकले भने,‘उहाँलाई पक्राउ गर्नुको कारण बुझेपछि पार्टीको धारणा बनाउँछौं ।’

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शर्मालाई प्रहरीले नक्कली शैक्षिक प्रमाण पत्रबारे अनुसन्धान गर्न बिहीबार पक्राउ गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:४७
Weather Update