सांसद शर्मा पक्राउ परेको जानकारी सभामुखलाई दिइयो

काठमाडौं— नेपाल प्रहरीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको जानकारी सभामुख देवराज घिमिरेलाई दिएको छ ।
प्रहरी अतिरिक्त महानिर्देशक किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाएकी हुन् ।
शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार निवास मण्डिखाटारबाट पक्राउ गरेको थियो ।
प्रहरीले सभामुख घिमिरेलाई पत्र पठाएर दिएको जानकारीमा पनि सांसद शर्माको शैक्षिक प्रमाण पत्रबारेका विषय अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ ।
यो पनि पढ्नुहोस

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १८:३४














