भोटाहिटीको सपिङ मलमा भीषण आगलागी

काठमाडौं— भोटाहिटीको एक सपिङ मलमा भीषण आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सपिङ मलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएकाे छ ।
आगो निभाउन पाँच वटा दमकल पुगिसकेका छन् । आगो नियन्त्रणमा लिएपछि क्षतिको विवरण संकलन गरिने प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० २०:१०













