News Griha :: न्यूजगृह
सय किलो सुन प्रकरणमा गृह मन्त्रीको राजीनामा माग्ने सांसद पक्राउ
सय किलो सुन प्रकरणमा गृह मन्त्रीको राजीनामा माग्ने सांसद पक्राउ यसअघि उनले सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको संलग्नता रहेको भन्दै राजीनामा मागेका थिए । उनले मन्त्रीद्वय श्रेष्ठ र महतमाथि प्रतिनिधि सभा बैठकमै प्रश्न गर्दै राजीनामा दिनु पर्ने बताएका हुन् ।
साम्प्रदायिक घृणा फैलाउने काम भइरहेको छ : केपी ओली
साम्प्रदायिक घृणा फैलाउने काम भइरहेको छ : केपी ओली २९ औँ विश्व आदिवासी दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हिजो आरक्षणको कुरा सुन्नै नचाहानेहरूले अहिले त्यसको जस लिन खोजेर रंग बदलेर विद्रोह र कलह बढाउन खोजेको आरोप लगाए ।
विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, विद्युतीय सामाग्री बेचेर सवा खर्ब आम्दानी
विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, विद्युतीय सामाग्री बेचेर सवा खर्ब आम्दानी गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको उनको भनाइ थियो ।
दुई मेयरको सहमतिपछि कपन खोलाको उत्खनन रोकियो
दुई मेयरको सहमतिपछि कपन खोलाको उत्खनन रोकियो काठमाडौं महानगरको नगर प्रहरी खोला खोल्न गएसँगै बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि हातपात र दुर्व्यवहार भएको भन्दै दुई पक्षबीच झडप भएको थियो । दुई मेयरबीच भएको वार्तामा दुवै नगरपालिकाको प्राविधिक र नापी विभागको टोलीले खोलाको क्षेत्र नापजाँच गर्ने सहमति भएको छ । 
प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर [पूर्णपाठ]
प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर [पूर्णपाठ] कार्य सम्पादन सम्झौताको समयावधि १ वर्ष तोकिएको छ । साथै “यस सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा सो पदको कार्यभार सम्हाल्ने वा नयाँ नियुक्त हुने मन्त्रीले यस सम्झौताबमोजिमको बाँकी काम गर्नुपर्ने” व्यवस्था सम्झौता पत्रमा गरीएको छ ।
प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्ष :  एमालेले कुनै शर्त गर्दैन
प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्ष :  एमालेले कुनै शर्त गर्दैन उनले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आईएलओ महासन्धि पनि आफूहरूकै नेतृत्वमा नेपालमा अनुमोदन भएको दाबी गरे । आफूहरूकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट भएको उनको भनाइ थियो ।
नालामा बेपत्ता भएका युवकको खोजी जारी
नालामा बेपत्ता भएका युवकको खोजी जारी बेपत्ता हुनेमा खजुरा–६ सिमलघारीका १५ वर्षीय विकास सुनार रहेका छन् । बेपत्ता भएका उनको खोजी गर्नका लागि सशस्त्र प्रहरी बल र स्थानीयबासीले खटिएका छन् । केही दिनदेखि भएको अविरल वर्षाका कारण नामा डुबेर सुनर बेपत्ता भएका थिए ।
डुंगा दुर्घटना हुँदा ४१ जनाको मृत्य, चार जनाको उद्धार
डुंगा दुर्घटना हुँदा ४१ जनाको मृत्य, चार जनाको उद्धार उक्त दुर्घटनामा ज्यान जोगाउन सफल एक १३ वर्षीय किशोर, एक महिला र दुई जना पुरुषलाई व्यापारिक सामान बोकेको पानी जहाजमार्फत उद्धार गरी इटालीका तटरक्षकले लाम्पेडुसामा ल्याइएको थियो । 
कांग्रेस संसदीय दल समितिको बैठक बस्दै
कांग्रेस संसदीय दल समितिको बैठक बस्दै बिहीबार अपरान्ह ४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदीय गतिरोध लगायतका विषयमा छलफल हुने छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् चल्न दिएको छैन । बैठकमा समसामयिक विषमा समेत छलफल हुने देउवा निकट स्रोतले जानकारी दियो ।  
सेनाको सैनिक कल्याणकारी कोषको नाममा ७१ अर्ब बैंकमा, साढे ६ अर्ब लगानी
सेनाको सैनिक कल्याणकारी कोषको नाममा ७१ अर्ब बैंकमा, साढे ६ अर्ब लगानी कोषको मुख्य आयस्रोत भनेको शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालय तथा महाविद्यालयबाट प्राप्त शुल्क रहेको जनाइएको छ ।राष्ट्रसंघको आह्वानमा विश्व शान्तिमा धेरै सेना पठाउने मुलुकको बरियातमा नेपाल दोस्रो नम्बरमा छ । नेपाली...
'हामी मेयर सापको निर्देशन मान्ने हो, कपन खोला खोलेर जाने हो'
'हामी मेयर सापको निर्देशन मान्ने हो, कपन खोला खोलेर जाने हो' काठमाडौं महानगरको नगर प्रहरी खोला खोल्न गएसँगै बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि हातपात र दुर्व्यवहार भएको भन्दै दुई पक्षीयबीच वार्ता भइरहेको छ । काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमल कुमार होडाले दुई पालिकाबीचका जनप्रतिनिधि बसेर वार्ता भइरहेको जानकारी दिए ।
गगनलाई रवीन्द्रको प्रश्न : देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ?
गगनलाई रवीन्द्रको प्रश्न : देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? महामन्त्री थापाले बुधबार अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘विचारभन्दा माथि देश मान्ने पार्टी कांग्रेस होइन, कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति विमत्ति राख्दै मिश्रले जवाफ फर्काएका हुन् ।
Weather Update