News Griha :: न्यूजगृह
दुई जना कैदीको मृत्युसँगै कारगारमा विवाद, परिवारले गरे शव बुझ्न अस्वीकार
दुई जना कैदीको मृत्युसँगै कारगारमा विवाद, परिवारले गरे शव बुझ्न अस्वीकार कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ । कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवै जनालाई कुटपिट गरेको आरोप लगाउँदै आएको छ ।
अविरल वर्षाप‍छि डुबानमा परे बस्ती
अविरल वर्षाप‍छि डुबानमा परे बस्ती वर्षासँगै नदीमा आएको बाढी बस्तीमा पस्दा स्थानीयबासी समस्यामा परेका छन् । बाढीका कारण कैलालीको भजनीसहित बस्तीहरू डुबानमा परेको हो । बाढीले भजनी, जोशीपुर र जानकी क्षेत्र बढी प्रभावित भएको छ ।
सर्लाहीमा युवकको काटिएको टाउको मात्रै फेला पर्‍यो
सर्लाहीमा युवकको काटिएको टाउको मात्रै फेला पर्‍यो सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ स्थित लखन्देहि खोलामा काटिएको टाउको फेला परेको छ । बिहीबार बिहान शरीर विनाको टाउको मात्र फेला परेको सर्लाही प्रहरीले जनाएको छ । टाउकोको सनाखत नभएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी २५ वर्षको जस्तो देखिने हल्का दाह्री आएको युवकको टाउको...
दुई संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल
दुई संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल दिगो विकास तथा सुशासन समितिमा समितिको आ.व. २०८०/०८१ को कार्य योजनाको सम्बन्धमा, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
मिटरब्याजी आरोपमा ३५ वर्षीय महिला पक्राउ
मिटरब्याजी आरोपमा ३५ वर्षीय महिला पक्राउ रायले दर्ता गराएको अनुचित लेनदेनसम्बन्धि मुद्दामा अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएर साहलाई पक्राउ गरिएको हो । उनीविरुद्ध प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौं उजुरी दर्ता भएको छ ।
मनसुन सुरु भएसँगै ४१ जनाको मृत्यु, ३१ जना बेपत्ता
मनसुन सुरु भएसँगै ४१ जनाको मृत्यु, ३१ जना बेपत्ता प्रभावित भएका जिल्लाबाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए ।उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा मानवीय क्षति भएको छ । उक्त घटनामा ४१ जनाले ज्यान गुमाएका हुन् ।
तलब माग गर्दै ईसीडी शिक्षकले सुरु गरे धर्ना
तलब माग गर्दै ईसीडी शिक्षकले सुरु गरे धर्ना कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले दश महिनादेखि तलब नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् ।
पाकिस्तानका राष्ट्रपति आरिफद्वारा राष्ट्रिय सभा भंग
पाकिस्तानका राष्ट्रपति आरिफद्वारा राष्ट्रिय सभा भंग पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले बुधबार राष्ट्रिय सभा भंग गरेका छन् । वर्तमान सरकारको कार्यकालको अन्त्य गर्दै आगामी आमनिर्वाचनका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री शेहबाज सरिफको सल्लाहमा राष्ट्रपति अल्वीले राष्ट्रिय सभा भंग गरेका हुन् ।
इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या
इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या इक्वेडरको आसन्न राष्ट्रपतीय चुनावका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ ।
छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस
छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन् । हाल क्याम्पसमा अध्ययनरत विद्यार्थीको सङ्ख्या एक हजार ६ सयभन्दा बढी छ । जसमा एक हजार ५४ स्नातक र स्नातकोत्तर तहका छन् । कक्षा ११ मा विद्यार्थी भर्ना भइरहेकाले सङ्ख्या थपिँदै गएको छ ।
मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई दश लाख दिने
मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई दश लाख दिने मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दश/दश लाख रुपैयाँ पठाउने भएको छ ।
हरियो तरकारीको मूल्य उच्च, कति पुग्यो एक किलो गोलभेँडाको मूल्य ? 
हरियो तरकारीको मूल्य उच्च, कति पुग्यो एक किलो गोलभेँडाको मूल्य ?  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज मकैबोडीसहित हरियो तरकारीको मूल्य वृद्धि भएको छ ।
Weather Update