News Griha :: न्यूजगृह
दुई संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल
फाइल तस्बिर

काठमाडौं— बिहीबार दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सुरक्षाको अवधारणा, सिद्धान्त, अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय, परराष्ट्र सम्बन्धको अवधारणालगायत विषयमा छलफल हुने भएको छ ।

यस्तै, दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

दिगो विकास तथा सुशासन समितिमा समितिको आ.व. २०८०/०८१ को कार्य योजनाको सम्बन्धमा, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

यसैगरी, यससम्बन्धमा संकल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट पेस भएको कार्यान्वयन कार्य योजनाको सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १०:१८
Weather Update