News Griha :: न्यूजगृह
अविरल वर्षाप‍छि डुबानमा परे बस्ती

कैलाली— विगत तीन दिनदेखि भएको अविरल वर्षाका कारण कैलालीको विभिन्न बस्तीहरू डुबानमा परेका छन् ।

वर्षासँगै नदीमा आएको बाढी बस्तीमा पस्दा स्थानीयबासी समस्यामा परेका छन् । बाढीका कारण कैलालीको भजनीसहित बस्तीहरू डुबानमा परेको हो ।

वर्षासँगै कैलाली जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले जिल्लाका दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार चार सय घरधुरी प्रभावित भएका छन् । 

डुबानका कारण धेरै परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रभावितलाई नेपाल प्रहरी सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । जिल्लाको भजनी, जोशीपुर, कैलारी, जानकीनगर क्षेत्र डुबानबाट बढी प्रभावित भएको छ । 

डुबानले घरभित्र पानी पस्दा खाद्यान्न र अन्य धनमाल भिजेर क्षति पुगेको छ । डुबानको जोखिमा रहेका व्यक्तिलाई ‘मोटर बोड’को प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १०:३०
Weather Update