News Griha :: न्यूजगृह
पाकिस्तानका राष्ट्रपति आरिफद्वारा राष्ट्रिय सभा भंग
dawn.com

काठमाडौं— पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले बुधबार राष्ट्रिय सभा भंग गरेका छन् ।

वर्तमान सरकारको कार्यकालको अन्त्य गर्दै आगामी आमनिर्वाचनका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री शेहबाज सरिफको सल्लाहमा राष्ट्रपति अल्वीले राष्ट्रिय सभा भंग गरेका हुन् ।

संविधानको धारा ५८ बमोजिम राष्ट्रिय सभा विघटन भएको ऐवान–इ–सद्रले संसद् विघटनको सूचना जारी गरेको थियो ।

पाकिस्तानका प्रधानमन्त्री शरीफले बुधबार राष्ट्रपति अल्वीलाई पत्र लेखेर आफ्नो पाँच वर्षको संवैधानिक कार्यकाल समाप्त हुनुभन्दा तीन दिनअघि राष्ट्रिय सभा विघटन गर्न माग गरेका थिए ।

राष्ट्रपति आरिफ अल्वीले निवर्तमान प्रधानमन्त्री सरिफको सल्लाहमा बुधबार मध्यरातमा राष्ट्रिय सभा भंग गरेको डन पत्रिकाले जनाएको छ । तल्लो सदन विघटनसँगै वर्तमान सरकारको कार्यकाल पनि समयअघि सकिँदैछ ।

पछि संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले एक विज्ञप्ति जारी गर्दै ‘निर्वाचित सरकारले आफ्नो पाँच वर्षको कार्यकाल पूरा गरेको’ र उनको मन्त्रालयले संविधानको धारा ५८ बमोजिम विधान सभा विघटनका लागि प्रधानमन्त्री समक्ष पठाएको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०९:१२
Weather Update