सर्लाहीमा युवकको काटिएको टाउको मात्रै फेला पर्यो

काठमाडौं— सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ स्थित लखन्देही खोलामा काटिएको टाउको फेला परेको छ ।
बिहीबार बिहान शरीर विनाको टाउको मात्र फेला परेको सर्लाही प्रहरीले जनाएको छ । टाउकोको सनाखत नभएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
प्रहरीका अनुसार अन्दाजी २५ वर्षको जस्तो देखिने हल्का दाह्री आएको युवकको टाउको शरीरबाट अलग गरि फालिएको अवस्थामा फेला परेको हो ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १०:२३