मिटरब्याजी आरोपमा ३५ वर्षीय महिला पक्राउ

सिरहा— मिटरब्याजी आरोपमा सिरहाबाट एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साह रहेकी छन् ।
साहलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीविरुद्ध ममता देवी रायले प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् ।
रायले दर्ता गराएको अनुचित लेनदेनसम्बन्धि मुद्दामा अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएर साहलाई पक्राउ गरिएको हो । उनीविरुद्ध प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौं उजुरी दर्ता भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १०:०७