News Griha :: न्यूजगृह
सुरक्षित शहर बनाउन काँकडभिट्टामा सीसी क्यामेरा जडान
काँकडभिट्टाको पुरानो भन्सारमा जडान गरिएको यातायातका साधनको भिडियो, फोटो, नम्बर प्लेट र गति एकैपटकमा रेकर्ड गर्न सक्ने उच्च क्षमता भएको राडर गनसहितको एएनपीआर सीसी क्यामेरा । तस्बिरः चन्द्रकला भण्डारी/रासस

झापा— जिल्लाको काँकडभिट्टामा सीसी क्यामेरा जडान गरिएको छ । नाकाको सुरक्षा र निगरानीका लागि क्यामेरा जडान गरिएको हो । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सीसी क्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने छ । 

मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुई सीसी क्यामेरा जडान गरिएका छन् । 

सीसी क्यामेराको सबै गतिविधिको निगरानी इलाका प्रहरी कार्यालय काँकडभिट्टा कार्यालयले गर्ने छ । कोशी प्रदेश प्रहरी कार्यालयले काँकडभिट्टाका साथै विराटनगरमा समेत सीसी क्यामेरा जडान गरेको छ । 

दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक भारतीले बताए । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका काँकडभिट्टालाई सुरक्षित सहरका रूपमा विकसित गर्न हरेक चोक र सडकमा सीसी क्यामेरा जडान गर्ने कार्य थालिएको छ । 

मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा हालसम्म ४२ क्यामेरा विभिन्न स्थानमा जडान भइसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १०:५४
Weather Update