News Griha :: न्यूजगृह
नक्कली शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर बनेका सांसददेखि बाल डाक्टरसम्म पक्राउ  

काठमाडौं— नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा सात जना पक्राउ परेका छन् । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मासमेत रहेका छन् । उनलाई बिहीबार सीआईबीले बिहीबार पक्राउ गरेको हो ।

यस्तै, सीआईबीले मोरङबाट मनिष चौधरी र इशान बाल अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पनि पक्राउ गरेको छ । सीआईबीले चौधरीलाई मोरङ र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको हो ।

यसैगरी, बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत अमित चौधरी, रामबाबु यादव र एरिना शाहर्ला पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमध्ये सांसद शर्मा मोरङ–३ बाट निर्वाचित भएका थिए । ब्युरोले अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशाना बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ११:१४
Weather Update