सभामुख झोक्किए
संसद बैठक सुरु भएसँगै एमालेले गर्यो विरोध
काठमाडौं— शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध कायमै राखेको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले उठेर अवरोध जनाएका थिए ।
एमालेले सांसद अवरोध गरेसँगै सभामुख देवराज घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिएका थिए । एमालेकी सांसद साह बोल्दै गर्दा सभामुख घिमिरे पटक–पटक झोक्किएका थिए ।
एमालेले विरोध गरेसँगै सभामुख घिमिरले आगामी बैठक साउन २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १३:३२













