News Griha :: न्यूजगृह
संसद बैठक बस्न समन्वय गरिदिन रवि लामिछानेको आग्रह

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठक सञ्चालन लागि समन्वय गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् ।

सभापति लामिछानेले संसद बैठक नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिइदिन आग्रह गर्दै सबै राजनीतिक पार्टीहरूलाई सजग गराउन आग्रह गरे ।

‘जारी अधिवेशनमा सरकारले अनुसन्धान गरिरहेको अवैध सुन काण्डका सवालमा प्रमुख प्रतिपक्ष दलले उच्चस्तरीय छानबिन समितिको माग गरेर सदन अवरुद्ध गरिरहेको र सत्तापक्षले सो प्रकृयामा जान अस्वीकार गरी विगत लामो समयदेखि जनताको सार्वभौम सदन अवरुद्ध छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सभापति लामिछानेले जनताको सार्वभौम संसद अवरुद्ध हुँदा जनताका मुद्दा र राष्ट्रमाथि परेका संकटका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरूको सार्वभौम अधिकार हनन भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:५४
Weather Update