News Griha :: न्यूजगृह
अपरेसन ‘फोक्सट्रोट चार्ली’ :  सुमेरु सिटी अस्पतालकी डाक्टर पक्राउ

काठमाडौं— नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार सुमेरू सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरीलाई पक्राउ गरिएको हो । उनलाई काठमाडौंस्थित घरबाट पक्राउ गरिएको उनले बताए ।

अपरेसन ‘फोक्सट्रोट चार्ली’ अन्तर्गत सीआईबीले यसअघि ७ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरलाई पक्राउ गरेको छ । त्यसमा प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाली कांग्रेसका नेता सुनिल शर्मासमेत छन् । 

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १३:२४
Weather Update