News Griha :: न्यूजगृह
कृषि नीति नबन्दा समस्या आयो : मन्त्री भुसाल

काठमाडौं— कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आएको बताएका छन् ।

मन्त्री भुसालले कृषि क्षेत्रका नीतिगत समस्याहरूलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताए । उनले तराई मधेसमा केही समययता देखिएको सुख्खाका कारण मारमा परेका किसानहरूलाई बाढीले पुर्‍याएको क्षतिले थप समस्या बनाएको बताए ।

यस्तै, मन्त्री भुसालले ललिता निवास जग्गा प्रकरणमा पार्टीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरूसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने बताएका थिए ।

उनले पार्टी अध्यक्षको ललिता निवास जग्गा प्रकरणमा संलग्नताका विषयमा सत्यता नरहेको दाबी गरे । उनले यस विषयमा गठबन्धनले छलफल गरेर निकास निकाल्ने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:२२
Weather Update