मौसम
काठमाडौंसहित धेरै स्थानमा भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं— मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालनजिक) छ ।
यसका साथै भारतको उत्तर पूर्वी उत्तरप्रदेश तथा उत्तरपश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा अहिले वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० ०६:४०













