प्रधानमन्त्री दाहाल चितवनमा

चितवन— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवन आएका छन् । प्रधानमन्त्री दाहाल शुक्रबार साँझ चितवन आइपुगेका हुन् ।
प्रधानमन्त्री दाहालकी छोरी एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहाल दुई दिनसम्म चितवनमा रहेछन् ।
प्रधानमन्त्री दाहालको पारिवारिक भेटघाट बाहेक अन्य कार्यक्रम तय नभएको रेनुको भनाइ छ ।
प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० २०:५७













