News Griha :: न्यूजगृह
आज एकादशी व्रत, साउन अन्तिम शनिबार तपाईंको राशिफल हेर्नुस्

साउन २७ गते शनिबार । अधिक साउन कृष्ण एकादशी तिथि । पञ्चाङ्ग हर्षण बालव मृगशिरा । परमा एकादशी व्रत । अन्तर्राष्ट्रिय युवा दिवस ।

मेष

काममा राम्रै फाइदाको योग रहेको छ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाइलेखाइमा प्रगति हुनेछ ।

वृष

नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

मिथुन

काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुचि बढ्नेछ ।

कर्कट

साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।

सिंह

प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।

कन्या

सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

तुला

बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन ।

वृश्चिक

विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । व्यापाबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

धनु

नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन् । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसँग भेट हुनेछ ।

मकर

सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन् । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।

कुम्भ

साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।

मीन

शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०७:०३
Weather Update