खुला प्रतिस्पर्धाबाट प्रअ छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको सहभागिता हुनुपर्छ : महासंघ

काठमाडौं— सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले खुला प्रतिस्पर्धाबाट प्रअ छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको सहभागिता हुनुपर्ने बताएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्णायक सहभागिताबारे शिक्षा ऐनमै लेख्नुपर्ने बताएको हो ।
महासंघले भन्यो,‘खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गरियोस् ।’
त्यसैगरी महासंघले जनप्रतिनिधि र प्रधानाध्यापकको जस्तै विद्यालय व्यवस्थापन समितिको पदावधि पनि पाँच वर्ष कायम गर्न माग गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० २१:१४














