मोटरसाइकल चोरीमा संलग्न १ जना पक्राउ

काठमाडौं— मोटरसाइकल चोरीमा संलग्न १ जनालाई बिहीबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका ११ नेपालटारबाट रसुवाको उत्तरगया गाउँपालिका ३ का २३ वर्षीय माइकल तामाङ चोरीको मोटरसाइकल सहित पक्राउ परेका हुन् ।
बागमती प्रदेश ०२-०३४ प ८२ ४९ नम्बरको मोटरसाइकल गत वैशाख १ गते काठमाडौंको केशरमहलबाट हराएको थियो । खोजी गर्ने क्रममा बागमती प्रदेश ०२-०३४ प १३ ६१ नम्बर राखेर उक्त मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारी तामाङलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० ०६:०८