News Griha :: न्यूजगृह
माछा मार्न गएका युवक सेतीमा बेपत्ता
सांकेतिक तस्बिर

बझाङ— जिल्लाको सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् । दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रबार साँझ माछा मार्ने क्रममा युवक बेपत्ता भएका हुन् ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

बेपत्ता बम दुर्गाथली–२ मौरीबगरमा मजदुरी गर्दै आएका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १५:३६
Weather Update