News Griha :: न्यूजगृह
युवासङ्घको कञ्चनपुर अधिवेशनमा कुटपिट, वडाध्यक्ष घाइते

कञ्चनपुर— नेकपा एमालेको भ्रातृ सङ्गठन युवासङ्घको जिल्ला अधिवेशनमा कार्यकर्ताबीच विवादको क्रममा भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष माथि कुटपिट भएको छ ।

शनिबार दिउँसो भएको विवाद चर्किएपछि अध्यक्ष रविन्द्र देवकोटामाथि हातपात हुँदा उनी घाइते भएका हुन् ।अध्यक्ष देवकोटाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार देवकोटालाई महाकाली प्रादेशिक अस्पतालले धनगढी रेफर गरेको छ । अध्यक्ष देवकोटामाथि हातपात गर्नेविरुद्ध उनकी श्रीमतीले जाहेरी दिएकी छन् । शनिबार भएका कारण जाहेरी दर्ता हुन नसकेको डीएसपी डाँगीले बताए ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २१:२०
Weather Update