News Griha :: न्यूजगृह
अमेरिकाको पर्यटकीय माउ टापुमा डढेलोका कारण ६७ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित

काठमाडौं— अमेरिकाको हवाई राज्यको माउ टापुमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

शुक्रबार रातिसम्मको तथ्याङ्कअनुसार मृतकको संख्या ६७ पुगेको माउ टापुका अधिकारीहरूले बताएका हुन् । अहिले पनि आगो निभाउने प्रयास जारी छ । बुधबार ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने बिहीबार थप १९ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको ठूलो क्षति भएको नागरिकको गुनासो छ ।  डढेलोले हवाईका ग्रामीण क्षेत्रमा बढी क्षति भएको छ भने भवन, अस्पताल ध्वस्त भएका छन् । साथै सयौँ परिवार बिस्थापित भएका छन् ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुने बित्तिकै क्षतिको मूल्याङ्कन गरिने बताएका छन् ।

wildfire on Maui Island Hawaii11691846867.jpg

दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।

त्यसपछि आपत्‌कालको सूचना दिन सहरबजारमा साइरन जडान गर्न थालिएको थियो । तर यसपटक वनबाट फैलिएको आगोले माउई लाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने उत्तर हवाईका जनताको प्रश्न छ । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १९:०९
Weather Update