News Griha :: न्यूजगृह
गृहमन्त्री श्रेष्ठले भने— दोषी भए महराजीलाई पनि कारबाही हुन्छ
गृहमन्त्री श्रेष्ठले भने— दोषी भए महराजीलाई पनि कारबाही हुन्छ नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि कारबाही गर्ने बताएका छन् ।
कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्ने
कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्ने नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार पनि बस्ने भएको छ । शुक्रबारदेखि जारी बैठकमा आइतबारसम्म ५० जना सांसदहरूले धारणा राखेका छन् ।
शिक्षक कर्मचारीले दिए देशभरका पालिकामा धर्ना, शिक्षा विधेयक सच्याउन माग
शिक्षक कर्मचारीले दिए देशभरका पालिकामा धर्ना, शिक्षा विधेयक सच्याउन माग नेपाल शिक्षक महासंघको अगुवाइमा आइतबार शिक्षक तथा कर्मचारीले देशभरका पालिकामा धर्ना दिएका छन् ।  महासंघको पहिलो चरणको आन्दोलनअन्तर्गत उनीहरूले ७५३ वटै पालिकामा धर्ना दिएका हुन् । 
मोदीलाई सरकारबाट फिर्ता बोलाउने माअ‍ोवादीको निर्णय
मोदीलाई सरकारबाट फिर्ता बोलाउने माअ‍ोवादीको निर्णय आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । उनको स्थानमा जनमत पार्टीकी नेतृ अनिता देवी मन्त्री बन्ने भएकी छन् ।
प्रस्तावित संघीय शिक्षा ऐनबारे के भन्छन् शिक्षाविद् विद्यानाथ कोइराला ? 
प्रस्तावित संघीय शिक्षा ऐनबारे के भन्छन् शिक्षाविद् विद्यानाथ कोइराला ?  शिक्षाविद् डा.विद्यानाथ कोइरालाले अझै पनि प्रस्तावित शिक्षा ऐनको विधेयकलाई सर्वसम्मत् बनाउन सकिने बताएका छन् ।
श्रीराम सुगर मिल्स सञ्चालन गर्न सरकारसँग माग
श्रीराम सुगर मिल्स सञ्चालन गर्न सरकारसँग माग श्रीराम सुगर मिल्स लिमिटेड ०७७ साल श्रावण ११ गतेदेखि बन्द गर्ने सूचना प्रकाशित भएको थियो । योसँगै ०८० श्रावण ४ गते बैंकले उद्योग बिक्री गर्ने सूचना प्रकाशित गरेको घटनाप्रति किसानहरूको ध्यानाकर्षण भएको बताए । उनीहरूले उद्योग स्थापनाको समयमा स्थानीयहरूले भविष्यका लागि भन्दै जग्गा सहुलियतमा उद्योग खोल्न बिक्री गरेको र अहिले...
पैसा नभएर उपचार नपाए त्यसको जिम्मा म लिन्छु : मन्त्री बस्नेत
पैसा नभएर उपचार नपाए त्यसको जिम्मा म लिन्छु : मन्त्री बस्नेत लिभर फाउण्डेशन नेपालद्वारा विश्व अंग दान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब कोही पैसा नभएर मर्न नपर्ने भन्दै त्यसको व्यवस्था राज्यले गरिरहेको बताए ।
देशभर बिहानैदेखि वर्षाः सबैभन्दा बढी हेटौँडामा
देशभर बिहानैदेखि वर्षाः सबैभन्दा बढी हेटौँडामा विभागका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक, दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । त्यस्तै, आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।
अमेरिकाको हवाईमा डढेलोबाट ९३ जनाको मृत्यु, थप विवरण आउन बाँकी 
अमेरिकाको हवाईमा डढेलोबाट ९३ जनाको मृत्यु, थप विवरण आउन बाँकी  आगलागीमा परी कयौँ घाइते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको भन्दै सर्वसाधरण आक्रोशित भएका छन् । 
अवरुद्ध पृथ्वी राजमार्ग पुन: सञ्चालन
अवरुद्ध पृथ्वी राजमार्ग पुन: सञ्चालन केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
प्रतिपक्षले सत्तामा नहुँदाको पीडा स्वीकार्न सकेन : अर्थमन्त्री महत
प्रतिपक्षले सत्तामा नहुँदाको पीडा स्वीकार्न सकेन : अर्थमन्त्री महत ‘सरकार पूर्वाग्राही हुँदैन, हुनु पनि हुँदैन, प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन, देश र जनतामाथि बफादार भएर काम गर्नु पर्छ, कुनै पनि संरचनाले त्यो ढंगबाट प्रस्तुत हुनु हुँदैन,’ उनले थपे, ‘अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नु पर्छ, को–को संलग्न छन्, जो दोषी छन् ती सबैलाई कानूनी कठघरामा आउनुपर्छ ।’
Weather Update