News Griha :: न्यूजगृह

काठमाडौं— अर्थमन्त्री प्रकाशशरण महतले प्रतिपक्षले सत्तामा नहुँदाको पीडालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् ।

आइतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिपक्षले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको आरोप लगाएका हुन् ।

‘सत्तामा नहुने बित्तिकै यो किसिमको सोच राख्नु भएन, लोकतन्त्रमा सबै सधै सत्तामा रहिरहँदैन,’ उनले भने, ‘कहिले भइन्छ, कहिले हुँदैन, त्यसलाई त स्वीकार गर्नु पर्यो नि, त्यसैलाई स्वीकार गर्न नसकेको जस्तो हामीलाई महसुस भएको छ ।’

सरकार कुनै पनि हालतमा कसैप्रति पूर्वाग्रही नहुने अर्थमन्त्री महतको भनाइ थियो ।

‘सरकार पूर्वाग्राही हुँदैन, हुनु पनि हुँदैन, प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन, देश र जनतामाथि बफादार भएर काम गर्नु पर्छ, कुनै पनि संरचनाले त्यो ढंगबाट प्रस्तुत हुनु हुँदैन,’ उनले थपे, ‘अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नु पर्छ, को–को संलग्न छन्, जो दोषी छन् ती सबैलाई कानूनी कठघरामा आउनुपर्छ ।’

उनले एमालेले संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:३८
Weather Update