News Griha :: न्यूजगृह
जनमतकी अनिताले सोमबार मन्त्री पदको शपथ लिने

काठमाडौं— जनमत पार्टीकी अनिता देवीले मन्त्रीकाे पद तथा गोपनीयताको शपथ लिने भएकी छिन् ।

स्रोतका अनुसार सोमबार विहान १० बजे अनिताले मन्त्रीको शपथ ग्रहण गर्नेछिन् ।

डा.सिके राउत नेतृत्वको जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।

जनमतकी अनिताले मोदीले सम्हालेकै मन्त्रालय वा अरु कुनै मन्त्रालय पाउने यकिन भइनसकेको माओवादी केन्द्र स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:३८
Weather Update