News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्ने

काठमाडौं— नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार पनि बस्ने भएको छ । शुक्रबारदेखि जारी बैठकमा आइतबारसम्म ५० जना सांसदहरूले धारणा राखेका छन् ।

प्रमुख सचेतक रमेश लेखकले सांसदहरूले बोल्नेक्रम चलिरहेको बताए । उनले भने,‘सांसदहरूले धारणा राख्नेक्रम चलिरहेको छ । अब भोलि सोमबार थप साथीहरूले धारणा राखेपछि महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै हामी बैठकको समापन गर्नेछौं ।’

उनको भनाइमा सोमबार बिहान ११ बजेबाट पुनः नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्नेछ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:१६
Weather Update