News Griha :: न्यूजगृह
सुनिल शर्माको पक्षमा बोल्दै ओलीले भने : तस्करीको विरोधमा बोलेपछि पक्राउ गर्ने ?
सुनिल शर्माको पक्षमा बोल्दै ओलीले भने : तस्करीको विरोधमा बोलेपछि पक्राउ गर्ने ? यस्तै, अध्यक्ष ओलीले देश पूरै सुन तस्करीमा लागेको बताउँदै एक कार्यकर्ताको उजुरीका आधारमा तस्करीको विरोधमा बोलेका बहालवाला सांसदलाई पक्राउ गरेको बताए । ‘सुन तस्करीको सिलसिलेवार काण्डको देश यस्तो भयावह ढंगले देशमाथि प्रहार भइरहेको छ, एउटा नाकाबाट दिनमा सय किलो सुन बाहिर आइरहेको छ, सबै पास भएको छ,’ उनले भने, ‘अनि...
सुन तस्करीमा छानबिन गरौँभन्दा संसद अवरुद्ध गराउँछ : केपी ओली
सुन तस्करीमा छानबिन गरौँभन्दा संसद अवरुद्ध गराउँछ : केपी ओली ‘३३ किलो सुन प्रकरणमा हाम्रो सरकार बन्नुभन्दा आगाडि खासै केही भएको थिएन्, हामीले छानबिन समिति बनाऔँ,’ उनले भने, ‘हामीले सुन फेला पार्न त सकेनौँ, तर सुन तस्करी गर्नेहरू जेलमा छन्, यसबारे  सरकारले फेरि छानबिन गरे भयो नि ।’
बागमती सरकारले माग्यो १४२ करारका कर्मचारी, कुन पदमा कति ?
बागमती सरकारले माग्यो १४२ करारका कर्मचारी, कुन पदमा कति ? प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अनुसार सरकारले एक वर्षका लागि कर्मचारी पदपूर्ति गर्न लागेको हो । सरकारले न्युरोलोजिस्ट दुई जना, नर्सिङ अधिकृत दुई जना, स्टाफ नर्स १६ जना, मेडिकल अधिकृत १८ जना, हलुका सवारी चालक एक जना सुरक्षा गार्ड दुई जनासहित विभिन्न पदमा कर्मचारी मागेको हो । 
मन्त्रीले गरे निःशुल्क उपचार गराउन आग्रह
मन्त्रीले गरे निःशुल्क उपचार गराउन आग्रह मन्त्री जोशीले प्रदेशभित्रका सिमान्तकृत, सबै आश्रममा रहेका व्यक्ति, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र स्वयम् सेविकालाई निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको बताए । उनले पक्षघात र मस्तिष्क घात भएका बिरामीलाई उपचारमा सहुलियत दिइएको, उनीहरूलाई आयुर्वेद अस्पतालमा निःशुल्क फिजियोथेरापीको व्यवस्था गरिएको जानकारी दिए 
पुर्खाको सम्झनामा कुवेतले गर्‍यो मोती खोज्ने यात्रा
पुर्खाको सम्झनामा कुवेतले गर्‍यो मोती खोज्ने यात्रा सामान्यतया गोताखोरहरूले श्वासप्रश्वासका उपकरणहरू प्रयोग नगरी मोती खोजी गरेर फ्रिडाइभिङ गरी यात्रामा जानु पर्ने नियम छ । यसले कुवेती समुन्द्री सतहलाई पुनर्जीवित राख्ने लक्ष्यका साथ मेला शुरु गरिएको हो । 
आज कतिमा हुँदैछ सुन-चाँदीको कारोबार ?
आज कतिमा हुँदैछ सुन-चाँदीको कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कायम रहेको छ । तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
दिशा गर्न गएका पुरुषलाई खोलाले बगायो, खोजी कार्य जारी
दिशा गर्न गएका पुरुषलाई खोलाले बगायो, खोजी कार्य जारी अविरल वर्षासँगै आएको बाढीका कारण दाङमा एक जनालाई खोलाले बगाएको छ । आइतबार बिहान घोराही उपमहानगर–११ झमरेका ६४ वर्षीय तिलकराम बिकलाई खोलाले बगाएको हो । 
वर्षाले हवाई उडान प्रभावित, यी रुटमा उडानहरू रद्ध
वर्षाले हवाई उडान प्रभावित, यी रुटमा उडानहरू रद्ध महाप्रबन्धकका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिएका हुन् । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ । चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । 
पहिरोले हेटौँडा–काठमाडौंको छोटो दुरीका सबै सडक बन्द
पहिरोले हेटौँडा–काठमाडौंको छोटो दुरीका सबै सडक बन्द भीमफेदी–२ भैँसे बजारबाट दुई किलोमिटरको दुरीमा पहिरो खसेकाले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौं सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । 
बस्ती जोगाउन ४० लाख रुपैयाँमा खोलामा तटबन्ध सुरु
बस्ती जोगाउन ४० लाख रुपैयाँमा खोलामा तटबन्ध सुरु प्रदेश सरकार मातहात खानेपानी जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयको आर्थिक सहयोगमा छहरे खोलमा तटबन्ध लगाउने काम भएको हो ।
‘लाइफ लाइन’ सडकमा पहिरो खस्दा सास्ती भोग्दै बासिन्दा
‘लाइफ लाइन’ सडकमा पहिरो खस्दा सास्ती भोग्दै बासिन्दा उनका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए ।
सिँचाइ विभागमा तालाबन्दी गर्न पुगेका ४५ जना निर्माण व्यवसायी पक्राउ
सिँचाइ विभागमा तालाबन्दी गर्न पुगेका ४५ जना निर्माण व्यवसायी पक्राउ समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नु पर्नेलगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरू आइतबार कार्यालय समयमा ललितपुरस्थित सिँचाइ विभागको कार्यालयमा ताला लगाउन पुगेका थिए । 
Weather Update