News Griha :: न्यूजगृह
बागमती सरकारले माग्यो १४२ करारका कर्मचारी, कुन पदमा कति ?
फाइल तस्बिर

काठमाडौं— बागमती प्रदेश सरकारले करार सेवामा १४२ जना कर्मचारी माग गरेको छ । सरकारले न्युरोलोजिस्टदेखि सुरक्षा गार्डसम्म करार सेवामा कर्मचारी माग गरेको हो ।

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अनुसार सरकारले एक वर्षका लागि कर्मचारी पदपूर्ति गर्न लागेको हो । सरकारले न्युरोलोजिस्ट दुई जना, नर्सिङ अधिकृत दुई जना, स्टाफ नर्स १६ जना, मेडिकल अधिकृत १८ जना, हलुका सवारी चालक एक जना सुरक्षा गार्ड दुई जनासहित विभिन्न पदमा कर्मचारी मागेको हो । 

मन्त्रालयले शनिबार खुलाएको कर्मचारी भर्नासम्बन्धी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आह्वान गरिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:१७
Weather Update