सुनिल शर्माको पक्षमा बोल्दै ओलीले भने : तस्करीको विरोधमा बोलेपछि पक्राउ गर्ने ?

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसद सुनिल शर्माको पक्षमा वकालत गरेका छन् ।
आफ्नो पार्टी कार्यालयमा राखिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सरकारले सांसदलाई विना कारण पक्राउ गरेको दाबी गरेका हुन् ।
यस्तै, अध्यक्ष ओलीले देश पूरै सुन तस्करीमा लागेको बताउँदै एक कार्यकर्ताको उजुरीका आधारमा तस्करीको विरोधमा बोलेका बहालवाला सांसदलाई पक्राउ गरेको बताए ।
‘सुन तस्करीको सिलसिलेवार काण्डको देश यस्तो भयावह ढंगले देशमाथि प्रहार भइरहेको छ, एउटा नाकाबाट दिनमा सय किलो सुन बाहिर आइरहेको छ, सबै पास भएको छ,’ उनले भने, ‘अनि के यो चुस्की लिने विषय हो ?’
संसद अवरोध एमालेले नगरेको बताउँदै ओलीले यस्तो अवस्था सिर्जना गर्न नहुने बताए । देश र जनताका लागि बोलेको कुरालाई सरकारले सकारात्मक ढंगले लिनु पर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १३:५७













