News Griha :: न्यूजगृह
सुन तस्करीमा छानबिन गरौँभन्दा संसद अवरुद्ध गराउँछ : केपी ओली

काठमाडौं— नेकपा एमालेले सय किलाे सुन तस्करीमा सरकारकै जिम्मेवारी तहका नेतृत्वहरू रहेको दाबी गरेको छ । 

समसामयिक राजनीतिबारे आफ्नो धारणा राख्न राखेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।

पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘सुन तस्करीमा छानबिन गरौँ भन्दा प्रतिपक्षीलाई बोल्न दिँदैन, संसद अवरुद्ध गराउँछ ।’

अध्यक्ष अ‍ोलीले देशमा कालाबजारी, भ्रष्टतन्त्र चलेको बन्दै सबैले यसलाई रोक्नु पर्ने बताए । 

‘३३ किलो सुन प्रकरणमा हाम्रो सरकार बन्नुभन्दा आगाडि खासै केही भएको थिएन्, हामीले छानबिन समिति बनाऔँ,’ उनले भने, ‘हामीले सुन फेला पार्न त सकेनौँ, तर सुन तस्करी गर्नेहरू जेलमा छन्, यसबारे  सरकारले फेरि छानबिन गरे भयो नि ।’
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:४०
Weather Update