News Griha :: न्यूजगृह
दिशा गर्न गएका पुरुषलाई खोलाले बगायो, खोजी कार्य जारी
सांकेतिक तस्बिर

काठमाडौं— अविरल वर्षासँगै आएको बाढीका कारण दाङमा एक जनालाई खोलाले बगाएको छ । आइतबार बिहान घोराही उपमहानगर–११ झमरेका ६४ वर्षीय तिलकराम बिकलाई खोलाले बगाएको हो । 

पत्रे खोला किनारमा दिशा गर्न जाँदा बिकलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत प्रहरी नायव उपरीक्षक राजकुमार गौतमले जानकारी दिए ।

अबेरसम्म घरमा नफर्किएपछि उनका परिवारले खोजी गरेका थिए । यस क्रममा उनलाई फेला पार्न नसकेपछि खोलाले बगाएको हुन सक्ने भन्दै प्रहरीलाई खबर गरिएको थियो । 

बिकको खोजीका लागि १७ जना प्रहरीको टोली खटिएको सूचना अधिकृत गौतमल जानकारी दिए । उनको खोजी कार्य जारी रेहेका छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:३०
Weather Update