
काठमाडौं— कोभिड–१९ महामारीका कारण तीन वर्षदेखि रोकिएको ‘पर्ल ड्राइभिङ फेस्टिभल’ मोती खोज्ने यात्रा शनिबारबाट शुरु भएको छ ।
तीन वर्षको अन्तरालपछि शनिबारबाट कुवेत शहरमा ३२ औँ पर्ल ड्राइभिङ फेस्टिभल शुरु भएको हो । आधिकारिक कुवेत समाचार एजेन्सी (कुना)का अनुसार यस पटक ६० जना युवा गोताखोर मोती खोज्ने यात्रामा जानका लागि दुई वटा डुङ्गामा चढेका थिए ।
कुवेतका धनाढ्य शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको प्रायोजनमा वार्षिक कार्यक्रम आयोजना गरिएको हो । देशमा ठूला तेल भण्डारहरू प्रमाणित हुनुअघि यो एक प्राथमिक उद्योगका रूपमा रहँदै आएको थियो ।
सामान्यतया गोताखोरहरूले श्वासप्रश्वासका उपकरणहरू प्रयोग नगरी मोती खोजी गरेर फ्रिडाइभिङ गरी यात्रामा जानु पर्ने नियम छ । यसले कुवेती समुन्द्री सतहलाई पुनर्जीवित राख्ने लक्ष्यका साथ मेला शुरु गरिएको हो ।
यो यात्रा पुर्खाको सम्झनामा राखिएको स्थानीयहरू बताउँछन् । यो यात्रा गर्न सात घण्टाको समय लाग्ने छ । साथै, आइतबारबाट उनीहरूले यात्रा शुरु गर्ने छन् ।
विगतमा गोताखोरहरूको संख्या २५० भन्दा बढी हुने गरे पनि यस वर्ष प्रशासक र पर्यवेक्षकबाहेकको संख्या ६० जना मात्र छ । गोताखोरहरू बिहीबार मात्रै फर्किने आयोजकको भनाइ छ । गोताखोरहरूले समुन्द्रको १० मिटर गहिराइमा पुगेर मोती खोज्ने छन् ।













