News Griha :: न्यूजगृह
बस्ती जोगाउन ४० लाख रुपैयाँमा खोलामा तटबन्ध सुरु

काठमाडौं— देशभर अविरल वर्षा हुँदै गर्दा मनाङ जिल्लाको नसो गाउँपालिका–१ तालगाउँ हुँदै बग्ने छहरे खोलामा तटबन्ध लगाउने कामले तीव्रता पाएको छ ।

प्रदेश सरकार मातहात खानेपानी जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयको आर्थिक सहयोगमा छहरे खोलमा तटबन्ध लगाउने काम भएको हो ।

कूल ४० लाख रुपैयाँ लगानीमा बस्ती संरक्षणका लागि उक्त तटबन्धको काम भएको हो ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:४९
Weather Update