News Griha :: न्यूजगृह
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नु सामान्य हो : केपी ओली

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु अनौठो नभएको बताएका छन् ।

‘पूर्वराष्ट्रपति विद्या भण्डारी जी हाम्रो पार्टीको आदणीय व्यक्तित्व नै थियो नि, फेरि त्योभन्दा अगाडि हाम्रो पाटीको उपध्याक्ष नै हो नि, त्यसो भएर हामीमध्ये कसैले भेट्नु सामान्य हो,’ उनले भने । 

एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले आफ्नै पार्टीबाट राष्ट्रपति बनेको स्मरण गराउँदै नेताहरूले पूर्वराष्ट्रपति भण्डारीलाई भेटेको बारेमा बोलेका हुन् ।

‘हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि, विष्णु पौडेल जीले मात्र होइन, मैले पनि कुरा गरेको छु,’ उनले भने, ‘अरुले पनि कुरा गर्नु भएको छ, यस्तो विषयलाई कार्ड छपाएर लिएर जानु भयो रे त, पार्टीमा आइदिनु पर्यो भनेर निम्ता गर्नु भयो भन्ने यो खालको मलजल नगर्दा राम्रो हुन्छ ।’

अध्यक्ष अ‍ोलीले राष्ट्रपति बन्नुअघि पार्टीको उपाध्यक्ष रहेकाले भण्डारीलाई भेट्नु स्वाभाविक भएको बताए ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:१४
Weather Update