News Griha :: न्यूजगृह
बंगलादेशी नागरिकलाई बन्धक बनाएर फिरौती असुल्ने सात जना पक्राउ
बंगलादेशी नागरिकलाई बन्धक बनाएर फिरौती असुल्ने सात जना पक्राउ उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसूरमा थप अनुसन्धानका लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको वरिष्ठ प्रहरी उपरिक्षक डा. मनोज केसीले जानकारी दिए ।
बर्सातले सडक बिग्रँदा जनजीवन कष्टकर, खाद्य साम्रग्रीको अभाव
बर्सातले सडक बिग्रँदा जनजीवन कष्टकर, खाद्य साम्रग्रीको अभाव सदरमुकामबाट ग्रामीण भेगसम्म पुग्ने प्रायः सबै सडक बिग्रिएकाले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको अभाव भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय लोकबहादुर मगरले बताए । बाढीले सडक बगाएकाले आपतविपत् तथा बिरामी हुँदा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आएको उनको भनाइ छ ।
४५ लाख रुपैयाँ भ्रष्टाचारको आरोपमा वडाध्यक्षविरुद्ध छानबिन सुरु
४५ लाख रुपैयाँ भ्रष्टाचारको आरोपमा वडाध्यक्षविरुद्ध छानबिन सुरु उनीविरुद्ध स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले भ्रष्टाचार गरेको किटानीसहित शनिबार निवेदन दिए हुन् । उजुरीका आधारमा आइतबार दिउँसो अख्तियारको टोलीले धनुषाको मिथिला बिहारी नगरपालिका कार्यालयमा छापा मारेको छ ।
मापदण्डअनुसार खाद्य भण्डारण गर्न सचिव मरासिनीको निर्देशन
मापदण्डअनुसार खाद्य भण्डारण गर्न सचिव मरासिनीको निर्देशन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अध्यक्ष मधुकुमार मरासिनीले न्यूनतम खाद्य भण्डारण गर्न कम्पनी असफल भएको बताएका छन् । उनले राष्ट्रिय खाद्य भण्डारणको मापदण्डअनुरुप खाद्ययवस्तु भण्डारण गर्न निर्देशन दिएका छन् ।
बाँकेको मानखोला क्षेत्रमा खतरा, सतर्क हुन आग्रह
बाँकेको मानखोला क्षेत्रमा खतरा, सतर्क हुन आग्रह सूचना केन्द्रले मानखोला तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्क हुन आग्रह गरेको छ । उक्त स्थानमा सोमबार बिहानसम्म जोखिम हुने जनाएको छ ।
ठोस रुपमा कार्य योजना बनाएर काम नगर्दा कमजोरी देखिए : मन्त्री शर्मा 
ठोस रुपमा कार्य योजना बनाएर काम नगर्दा कमजोरी देखिए : मन्त्री शर्मा  उनले आगामी आर्थिक वर्षमा विगतको समीक्षासहित कमजोरी र नेतृत्वमा भएको समस्यामाथि छलफल गर्दै अगाडि बढ्ने बताइन् । उनले विगतको रिपोर्ट तुलनात्मक हिसाबमा राम्रो भए पनि सन्तोष गर्न सक्ने ठाउँ नभएको बताएकी थिइन् ।
‘अपरेसन फोक्सट्रोट’ मा सीआईबीको गम्भीर लापरबाही, नक्कली भनेर सक्कली डाक्टर पक्राउ
‘अपरेसन फोक्सट्रोट’ मा सीआईबीको गम्भीर लापरबाही, नक्कली भनेर सक्कली डाक्टर पक्राउ एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका ‘नक्कली’ डाक्टरहरूलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले सक्कली डाक्टरलाई तीन दिनदेखि हिरासतमा राखेको छ । यो प्रकरणमा सीआईबीले नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सुनिल शर्मालाई समेत पक्राउ गरेको थियो । शर्मा भने जिल्ला अदालत काठमाडौंको आदेशले रिहा...
खोलामा आएको बाढीले चार घर जोखिममा
खोलामा आएको बाढीले चार घर जोखिममा ताप्लेजुङमा गएरातिदेखिको वर्षा अझै रोकिएको छैन । वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण सडकहरूमा यातायात सञ्चालनमा कठिनाइ भएका छन् ।  निरन्तरको वर्षाले पहिराको जोखिम रहेका क्षेत्रका बासिन्दालाई त्रसित बनाएको छ ।
बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु
बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियो । सात जनालाई घटना स्थलमै मृत घोषित गरिएको थियो ।
भ्रष्टाचारको चाङमाथि बसेका प्रधानमन्त्रीले राजीनामा गरेकै राम्रो : अध्यक्ष ओली 
भ्रष्टाचारको चाङमाथि बसेका प्रधानमन्त्रीले राजीनामा गरेकै राम्रो : अध्यक्ष ओली  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार र अनैतिकताको चाङमाथि बसेका प्रधानमन्त्री स्वयंलाई सत्ताको नेतृत्व गर्न लाजमर्दो हुनु पर्ने बताएका छन् । आइतबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री आफैले राजीनामा गर्न उचित हुने सुझाव दिए ।
पहिरोले बेँशीसहर-चामे सडक ठप्प
पहिरोले बेँशीसहर-चामे सडक ठप्प निरन्तरको वर्षासँगै बेँशीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ । 
काठमाडौंसहित देशभर नदी तटीय क्षेत्रमा सतर्कता हुन आग्रह
काठमाडौंसहित देशभर नदी तटीय क्षेत्रमा सतर्कता हुन आग्रह महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा नारायणी, कर्णाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरूको जलसतह सतर्कता आसपास पुग्न सक्ने तथा केहीमा खतराको तह आसपास वा माथि पुग्नसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
Weather Update