बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु

काठमाडौं— भारको राजस्थान बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटना स्थलमा मृत्यु भएको छ ।
घटनामा एक बालकसहित दुई जना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।
सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियो । सात जनालाई घटना स्थलमै मृत घोषित गरिएको थियो ।
एक नाबालकसहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १४:४४













