News Griha :: न्यूजगृह
ठोस रुपमा कार्य योजना बनाएर काम नगर्दा कमजोरी देखिए : मन्त्री शर्मा 

काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ठोस रुपमा कार्य योजना बनाएर काम नगरेकाले कमी कमजोरी देखिएको बताएकी छन् ।

आर्थिक वर्षको वार्षिक समीक्षा गर्ने क्रममा मन्त्री शर्माले सरकारको प्राथमिक एजेण्डा सुशासन र सेवा प्रवाह भएको भन्दै त्यसलाई पूरा गर्न लक्ष्य, लक्ष्यको बाटो, समयसीमा निर्धारण गर्नु आवश्यक भएको बताइन् ।

‘अर्को हामी क्यालेण्डर बनाएर काम गर्दैनौँ, कार्य योजना नबनाउने र ठोस रुपमा काम नगर्ने कारण पनि कमी कमजोरी देखिएको छ, हामी लक्ष्य, लक्ष्यको बाटो, समयसीमा निर्धारण गरेर काम गरौँ, काम सम्पन्न भएन भने फेरि समीक्षा गरेर अगाडि बढ्नु पर्छ,’ उनले भनिन्, ‘सरकारको प्राथमिक एजेण्डा भनेको सुशासन, सेवा प्रवाह हो, त्यसलाई अगाडि बढाउने कुरा हो ।’

उनले आगामी आर्थिक वर्षमा विगतको समीक्षासहित कमजोरी र नेतृत्वमा भएको समस्यामाथि छलफल गर्दै अगाडि बढ्ने बताइन् । उनले विगतको रिपोर्ट तुलनात्मक हिसाबमा राम्रो भए पनि सन्तोष गर्न सक्ने ठाउँ नभएको बताएकी थिइन् ।

उनले आगामी आर्थिक वर्षमा हरेक महिनामा मन्त्रालयमा बैठक बसेर कार्य योजना बनाउने र प्रत्येक निकायले प्रगति रिपोर्ट बुझाउनु पर्ने भन्दै त्यसका लागि मन्त्रालयले गर्नु पर्ने सहजीकरण गर्ने प्रतिबद्धता जनाएकी छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरेक काममा सञ्चार प्रविधिले सहयोग गरि रहेको अवस्थामा, त्यसबाट सकारात्मक र नकारात्मक प्रभावहरु देखिरहेको बताए । 

शहरहरू कुरुप भए भन्ने हिसाबले महानगरपालिकाले विभिन्न किसिमका अभियान सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या आएको सचिव राउतले बताए ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:०६
Weather Update