बाँकेको मानखोला क्षेत्रमा खतरा, सतर्क हुन आग्रह

काठमाडौं— आइतबार देशभर अविरल वर्षा भइरहेको छ । नेपाल बाढी सूचना केन्द्रका अनुसार वर्षासँगै बाँकेको मानखोला बेलगाउँ केन्द्रमा जल सतह खतराको तह नजिक पुगेका छ ।
सूचना केन्द्रले मानखोला तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्क हुन आग्रह गरेको छ । उक्त स्थानमा सोमबार बिहानसम्म जोखिम हुने जनाएको छ ।
‘बाँकेको मानखोला बेलगाँउ केन्द्रमा जलसतहले सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा रहेको छ,’ नेपाल बाढी सूचना केन्द्रले भनेको छ, ‘मानखोला तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाऔँ ।’
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० १५:१९













