News Griha :: न्यूजगृह
भ्रष्टाचारको चाङमाथि बसेका प्रधानमन्त्रीले राजीनामा गरेकै राम्रो : अध्यक्ष ओली 

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार र अनैतिकताको चाङमाथि बसेका प्रधानमन्त्री स्वयंलाई सत्ताको नेतृत्व गर्न लाजमर्दो हुनु पर्ने बताएका छन् ।

आइतबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री आफैले राजीनामा गर्न उचित हुने सुझाव दिए ।

‘प्रधानमन्त्रीलाई पनि यति अयोग्य, नालायक र भ्रष्टाचारको चाङमाथि म नेतृत्व गर्छु भन्न अपठ्यारो लाग्नु पर्ने हो, उहाँले आफै राजीनामा गर्नु पर्ने हो, गृहमन्त्री र अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको हो ?, आश्चर्यको विषय हो यो,’ उनले भने ।

उनले थपे, ‘त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो यो, यो जिम्मेवारी बिल्कुल बहन नगरेर फेरि पनि मन्त्री भएर राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अप्ठयारो लाग्दैन् ?’
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:४०
Weather Update