News Griha :: न्यूजगृह
मोदीलाई सरकारबाट फिर्ता बोलाउने माअ‍ोवादीको निर्णय

काठमाडौं— नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । उनको स्थानमा जनमत पार्टीकी नेतृ अनिता देवी मन्त्री बन्ने भएकी छन् ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:०३
Weather Update