सदन खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल जारी शुक्रबार, भदौ १, २०८०

ठूला नदीहरूमा पानीको सतह सामान्य, साना नदीहरूको अवस्था कस्तो ? शुक्रबार, भदौ १, २०८० विभागको बाढी पूर्वानुमान महाशाखाले ठूला नदी तथा सहायक नदीहरूमा पानीको सतह सतर्कता सामान्य अवस्थामा रहेको जानकारी दिएको हो । महाशाखाले आगामी तीन दिन कोशी, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जल सतह सतर्कता तहभन्दा तलै रहने जनाएको हो ।

शिक्षा विधेयक सच्याउन विद्यालय व्यवस्थापन समिति महासंघको माग शुक्रबार, भदौ १, २०८० सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले संसदमा पेस हुन बाँकी रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

आफ्नो क्षेत्रबाट निर्वाचित सांसदलाई मागबारे ध्यानाकर्षण गराउँदै शिक्षक कर्मचारी शुक्रबार, भदौ १, २०८० शिक्षक कर्मचारीले शुक्रबार आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश र प्रतिनिधि सभाका सदस्य (सांसद) लाई मागबारे ध्यानाकर्षण गराउँदै छन् ।

संसद् अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल हुँदै शुक्रबार, भदौ १, २०८० संसद्को जारी अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल हुँदै छ ।

प्रभु साहको चेतावनी— देशको अवस्था यस्तै रहिरहे विद्रोह हुन्छ शुक्रबार, भदौ १, २०८० सरकारले मधेसलाई बाढीबाट जोगाउन दीर्घकालीन कुनै ठोस कदम नचालेकाले र हरेक वर्ष तराई मधेसमा बाढीको कारण जनधनको क्षति हुने गरेको उनको भनाई थियो । त्यस्तै डुबानबाट बालीनाली नोक्सान हुने गरेको बताउँदै साहले सरकारको मधेस विरोधी व्यवहारका कारण डुबान लगायतका समस्या निरन्तर बढिरहेको दाबी गरे ।

राप्रपाले भन्यो—हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्यो, आपत्तिजनक छ शुक्रबार, भदौ १, २०८० राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रूपमा गोरु काट्नु, भिडिओ बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु आपत्तिजनक भएको जनाएको छ ।

वीरगन्जमा फोहोर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने शुक्रबार, भदौ १, २०८० सडकमा जथाभावी फोहोर फ्याँक्नेलाई शुक्रबारदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।

६० किलो सुन प्रकरण : थप २ चिनियाँ नागरिक पक्राउ शुक्रबार, भदौ १, २०८० बिहीबार राति काठमाडौंबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा २ जनालाई पक्राउ गरेको हो ।

कोशी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची शुक्रबार, भदौ १, २०८० कोशी प्रदेश सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । साउन १५ गते अर्को सूचना नभएसम्म लागि स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो ।
![कालीमाटी फलफूल तथा तरकारी बजारद्वारा मूल्य सार्वजनिक [सूची]](https://newsgriha.com/uploads/posts/tarakari nepal1678638552.jpg)
कालीमाटी फलफूल तथा तरकारी बजारद्वारा मूल्य सार्वजनिक [सूची] शुक्रबार, भदौ १, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका मूल्य सार्वजनिक गरेको छ ।

प्राधिकरणले बन्द गर्यो महसुल बुझाउने सबै काउन्टर शुक्रबार, भदौ १, २०८० नेपाल विद्युत् प्राधिकरणले शुक्रबार आफू मातहतका सबै आय संकलन काउन्टरहरू बन्द गरेको छ ।

पहिरोले मेचीराजमार्ग अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए शुक्रबार, भदौ १, २०८० गएराति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ ।








