News Griha :: न्यूजगृह
राप्रपाले भन्यो—हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्यो, आपत्तिजनक छ

काठमाडौं— राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रूपमा गोरु काट्नु, भिडिओ बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु आपत्तिजनक भएको जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै राप्रपाले सामाजिक सद्भाव खल्बल्याउने गरी भएका यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आपसी एकता, सद्भाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो । सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सद्भाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रस्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०८:५५
Weather Update