News Griha :: न्यूजगृह
६० किलो सुन प्रकरण : थप २ चिनियाँ नागरिक पक्राउ

काठमाडौं— ६० किलो सुन प्रकरणमा थप २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

बिहीबार राति काठमाडौंबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा २ जनालाई पक्राउ गरेको हो ।

सीआईबीले पक्राउ पर्नेको नाम खुलाएको छैन । प्रहरीले मंगलबार पनि ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा ३ महिला र एक पुरुष थिए । तियानमी,वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।

राजश्व अनुसन्धान विभागले गत साउन ३ गते सुनसहितको १५५ केजी ‘ब्रेक शु’ बरामद गरेको थियो । तर, मंगलबार गालेर जोख्दा ६० किलाे मात्रै सुन भएको खुलेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०८:२९
Weather Update