News Griha :: न्यूजगृह
कोशी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं— कोशी प्रदेश सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । साउन १५ गते अर्को सूचना नभएसम्म लागि स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो ।

बैठकका लागि ३ वटा कार्यसूची निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बाबुराम गौतमले सभामुख पदबाट दिएको राजीनामा पत्रको जानकारी गराउने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तारसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सभा नियमावली, २०७४ को नियम ८१ को उपनियम (१) बमोजिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अस्वीकृत गर्ने सम्बन्धमा परेको सूचनामा छलफल हुने कार्यसूची पनि रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०८:१९
Weather Update