७ ठाउँमा पहिरो
पहिरोले मेचीराजमार्ग अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

ताप्लेजुङ— गएराति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ ।
खोक्सेबाट खहरेखोलासम्म ७ ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए । शुक्रबार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए ।
‘ठाउँ—ठाउँमा पहिरो झरेको छ,बिहानैदेखि पन्छाउने कार्य भइरहेको छ,सम्भवत यातायात सञ्चालनमा आउन सक्छ’,उप्रेतीले भने ।
सडक अवरुद्ध बनेपछि ताप्लेजुङ सदरमुकामबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र सदरमुकाम भित्रिने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० ०७:४७