News Griha :: न्यूजगृह
कांग्रेस नेता न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा झुकाइने
कांग्रेस नेता न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा झुकाइने नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार शोक विज्ञप्ति जारी गरी पार्टीका नेता न्यौपानेको ७२ वर्षको उमेरमा निधन भएको जानकारी दिए ।
पृथ्वीनारायणको सालिक हटाउँदा गौरव गर्नेहरू यो देशमा छन् : लिङ्देन
पृथ्वीनारायणको सालिक हटाउँदा गौरव गर्नेहरू यो देशमा छन् : लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको सालिक हटाउँदा गौरव गर्ने जनप्रतिनिधिहरूका कारण देशको अवस्था छर्लङ्ग हुने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित राप्रपाको चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशको अवस्था जनप्रतिनिधिको रवैयाका कारण छर्लङ्ग हुँदै गएको बताए
टिप्पणी उठाउनेको हातमा हत्कडी लगाएर भ्रष्टाचार मुक्त हुन्न : मन्त्री गुरुङ 
टिप्पणी उठाउनेको हातमा हत्कडी लगाएर भ्रष्टाचार मुक्त हुन्न : मन्त्री गुरुङ  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकमा भ्रष्टाचार रोक्न टिप्पणी उठाउनेको हातमा हत्कडी लगाएर नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मुलुकमा सुशासन पहिलो शर्त हुनु पर्ने बताए ।
चालु खाता ७२ अर्बले घाटामा हुँदा शोधनान्तर तीन खर्बले बचत
चालु खाता ७२ अर्बले घाटामा हुँदा शोधनान्तर तीन खर्बले बचत नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आव नेपालले पाँच अर्ब ९६ करोड रुपैयाँ बराबर मात्रै खुद प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको देखिएको छ ।
गत वर्षको मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत
गत वर्षको मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत गत आर्थिक वर्ष २०७९-८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो ।
संघीय निजामति सेवा ऐन ठूलो आर्थिक भार पर्ने गरी आउँदैन : उपप्रधानमन्त्री खड्का
संघीय निजामति सेवा ऐन ठूलो आर्थिक भार पर्ने गरी आउँदैन : उपप्रधानमन्त्री खड्का उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामति सेवा ऐन ठूलो आर्थिक दायित्व पर्ने गरी सहुलियत र सुविधाहरूलाई समावेश गरेर नआउने बताएका छन् । काठमाडौंमा शुक्रबार भएको नेपाल निजामति कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले सुविधाहरू समावेश नहुने बताएका हुन् ।
भदौ ३ गते कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने
भदौ ३ गते कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने भएको छन् । उनले भदौ ३ गते आइतबार विश्वासको मत लिने भएका हुन् ।
बंगलादेशी पर्यटकलाई पञ्चेबाजासहित भव्य स्वागत
बंगलादेशी पर्यटकलाई पञ्चेबाजासहित भव्य स्वागत नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरू निकै उत्साहित देखिएका छन् । नेपालको सुन्दरता हेर्न र नेपाली खाना खान आफूहरू धेरै उत्साहित भएको बंगाली पर्यटकहरूको भनाइ छ ।
३० जनाको फेसबुक आईडी ह्याक गरी ठगी गर्ने पाँच जना पक्राउ
३० जनाको फेसबुक आईडी ह्याक गरी ठगी गर्ने पाँच जना पक्राउ हालसम्म २२ जना पीडित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आएका छन् । विभिन्न व्यक्तिका फेसबुक आईडी ह्याक गरेर उनीहरूले म्यासेन्जरबाट म्यासेज गरी ई–सेवा र खल्तीजस्ता वालेटमा पैसा हाल्न लगाएर ठगी गरेका थिए ।
दिनमा १८ घण्टाको लोडसेडिङ अन्त्य गर्छुभन्दा मजाक गरे : प्रधानमन्त्री
दिनमा १८ घण्टाको लोडसेडिङ अन्त्य गर्छुभन्दा मजाक गरे : प्रधानमन्त्री विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रचण्डले २०७३ सालमा दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्यको घोषणा गर्दा मजाकको पात्र बन्नु परेको बताएका हुन् ।
आगामी दिन प्राधिकरणलाई थप चुनौतीपूर्ण छ : कुलमान घिसिङ
आगामी दिन प्राधिकरणलाई थप चुनौतीपूर्ण छ : कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक घिसिङले विद्युत व्यवस्थापन र गुणस्तर वृद्धि प्राधिकरणका लागि चुनौती बन्ने बताए ।
चीन भ्रमणमा उर्जा क्षेत्रका दूरगामी र महत्वपूर्ण सम्झौता हुन्छ : प्रधानमन्त्री
चीन भ्रमणमा उर्जा क्षेत्रका दूरगामी र महत्वपूर्ण सम्झौता हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताएका छन् । यस क्रममा उनले भारत र बंगलादेशसँगको त्रिपक्षीय साझेदारीले नेपाली हित अनुुकूल परिस्थिति बन्दै जाने विश्वास व्यक्त गरे ।
Weather Update