News Griha :: न्यूजगृह
दिनमा १८ घण्टाको लोडसेडिङ अन्त्य गर्छुभन्दा मजाक गरे : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा लोडसेडिङ अन्त्य गरी प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा मजाक गरेको स्मरण गरेका छन् ।

विद्युत प्राधिकरणको ३८ औं वार्षिकउत्सवलाई सम्बोधन गर्दै प्रचण्डले २०७३ सालमा दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्यको घोषणा गर्दा मजाकको पात्र बन्नु परेको बताएका हुन् ।

‘त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो, करिब ४० प्रतिशत जनता विद्युतको पुहँचबाहिर थिए,’ उनले भने, ‘त्यस्तोबेला मैले तीन महिनाभित्र लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा मजाकको विषय बनाए, कतिले लोडसेडिङ अन्त्य भए खुल्ला मञ्चमै आत्महत्या गर्नेसम्म घोषणा गरे ।’

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपश्चात् १८ घण्टाको लोडसेडिङ अन्त्य गरी देशलाई उज्यालोतर्फ अघि बढाएको उनको भनाइ थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १३:०८
Weather Update