कोशी प्रदेशका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने भएका छन् । उनले भदौ ३ गते आइतबार विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराएका थिए ।
मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने तयारी गरे पनि उपसभामुख सृजना दनुवारले सोमबारका लागि मिति तोकिदिएकी हुन् ।
पहिलो पटक मुख्यमन्त्री बनेको एक महिनामा थापाको पद सर्वोच्च अदालतले खारेज गरिएको थियो । त्यसपछि उनी पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १५:१८













